१ श्रावण, २०७३ / ईङल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा पनि विजयी भएको छ । जितको श्रृखलालाई निरन्तरता दिने क्रममा नेपाली राष्ट्रिय टोलीले स्थानिय क्रिकेट कन्फ्रेन्स क्लबलाई ४ विकेटले हराउदै तेश्रो जित आत्मसाथ गरेको हो ।
जितका लागी पाएको २ सय २७ रनको चुनौती नेपाली टोलीले ४६ दशमलब १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागी कप्तान पारस खड्काले सर्बाधिक ६७ रन बनाए । ओपनर अनिल मण्डलले ४३, ज्ञानेन्द्र मल्लले ३६, शरद भेशवाकरले १९ बनाए । राजु रिजाल १७ रनमा नटआउट रहे ।
यसअघि आफ्नो घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्रिकेट क्लबले निर्धारित ओभर पुरै खेल्दै ७ विकेट गुमाएर २ सय २६ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागी स्टेल सेलउडले ६७ र सागर पटेलले ६५ रन बनाए ।
उसलाई मध्यम स्कोरमा रोक्ने क्रममा सोमपाल कामी र संदिप लामिछानेले समान २ तथा करण केसी र पारस खड्काले एक एक विकेट लिए । चौथो अभ्यास खेलमा नेपाली टोलीले भोली ईष्ट ब्रोन क्रिकेट क्लबसंग अभ्यास खेल खेल्नेछ ।
No comments:
Post a Comment