११ श्रावण, २०७३ / अफ्गानिस्तानमा सुरक्षाफौजको कारावाहीमा इस्लामिक अतिवादी संगठन आईएसका उच्च नेतासहित १ सय २० लडाकुको मृत्यु भएको छ ।
अफ्गानिस्तानको नान्गार्हारमा भएको कार्बाहिका क्रममा आईएसको अफ्गानिस्तान–पाकिस्तान क्षेत्र हेर्ने प्रमुख साद ईमारतीसहित १ सय २० जना मारिएका हुन् । अफ्गानिस्तान र पाकिस्तानमा सक्रिय आईएसका संस्थापक मध्ये एक ईमारतीको अगुवाईमा सरकार तथा तालेवान बिद्रोही विरुद्ध थुप्रै आक्रमण भएको थियो । काबुलमा केहि दिन अघि आईएसले गराएको बम आक्रमणमा ८० जनाको मृत्यु भएपछि अफ्गान सुरक्षाफौजले कारवाही अभियान तीब्र बनाएको छ ।
No comments:
Post a Comment