स्कुले जिवनमा बुबाको भनाई नमानेर बुबाको इच्छा विपरीत काम गर्दै हिड्ने झापा दमकका रोहित राई अहिले ब्रिटिस आर्मीमा कार्यरत छन् । उ बेला बुबाको मन दुखाएकोमा भगवानसँग क्षमा माग्ने उनी हाल बुबाको सपना पुरा गर्ने ध्याउन्नमा छन् । विक्रम संम्बत २०३१साल श्रावण १८ गते दमक १९ सानो बाह्रघरेमा जन्मिएका उनी बुबाको लयर बनाउने चाहाना पुरा गर्न छोडेर मन दुखाएकोमा आफुले जीवनमै कहिल्यै नभुल्ने गल्ति गरेको ठान्छन् ।
८/९ बर्षको हङ्गकङ्ग बसाइपछि बेलायत पुगेका उनी २०६० सालमा ब्रिटिस आर्मीमा भर्ति भए । सो दिनलाई आफनो जिवनको टर्निङ्ग प्वाइन्ट मान्ने उनी विश्वका ३५ भन्दा बढी देश घुमिसकेका छन् ।
आतंकबादका विरुद्ध ब्रिटिस आर्मीको फोर्समा रहेर उनले अफगानिस्तानमा आतंकबाद विरुद्ध कार्य गरिरहदा मृत्यसँग लडेर बाँचेको अनुभव सुनाउने उनी प्रजातन्त्र सेनानी स्व. मुगाधन राई तथा कृष्णकुमारी राइका १० औं सन्तानका रुपमा जन्मिएका हुन् ।
उनी अहिले बेलायतमा बसेर नेपालमा के गर्नेभनेर योजना बनाउ छन् । यसमा ब्रिटिस आर्मीका प्रशिक्षक खुकुरी ट्रेनर उनकै दाई राष्ट्र राईले साथ दिएका छन् ।
विद्यार्थी जिवनमा बुबाको मन दुखाएका उनी अहिले बुबाको चाहाना अनुसार लयर नबनेकोमा बुबाको आत्माको शान्तिका लागि भन्दै एक ट्रष्टका माध्यमबाट सामाजिक कार्यमा होमिएका छन् । बुबा आमाको नाममा परिवारका सबै सदस्य मिलेर खोलेको मुगाधन कृष्ण कुमारी राई मेमोरियल ट्रष्टका नामबाट उनले स्वदेश आए लगत्तै एक म्याराथुनको आयोजना पनि गरे । जसलाई उनले यस क्षेत्रमा रहेका दौड प्रति रुची राख्नेलाई सम्मान गर्न आयोजना गरिएको भनी प्रष्ट्याए ।
म्याराथुन गर्नु अघि उनले पुर्व क्षेत्रमै पहिलो पटक च्यारिटी डान्सपार्टीको पनि आयोजना गरि मनोरञ्जन दिलाउने प्रयास गरे । उनी र राष्ट्र राईकै सहयोगमा शगरमाथा मल्टि मार्शल आर्ट एकेडेमी स्थापना गरि हाल प्रशिक्षक दीपक धिमालले निशुल्क तालिम पनि दिइरहेका छन् ।
भविष्यमा विभिन्न क्षेत्रका गरिव विद्यार्थीहरुलाई आफ्नै लगानीमा अध्ययन गराउने उदेष्य रहेको बताउने उनी समाज नबनुन्जेल र नबदलुन्जेल मुलुक बन्न नसक्ने बताउँछन् ।
समाज सेवा नै उत्तम जीवन भन्ने बुबाको विचारलाई ठ्याक्कै टिपेका उनी ब्रिटिस आर्मी पछिको जिवन समाज सेवामै समर्पित गर्ने योजनामा छन् ।
No comments:
Post a Comment