९ श्रावण ,२०७३ / झापाको विर्तामोड नगरपालिकास्थित अन्दुवा खोलाको बाढीले विर्तामोड बजार आसपारका करिब २ सय घर डुबानमा परेका छन् । बाढीका कारण पूर्वपश्चिम राजमार्गमा यातायात समेत अवरुद्ध बनेको छ । अबिरल बर्षापछि खोलाको सतह बढेर राजमार्गसम्म आई पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, रतुवा खोलामा आएको बाढीले तटबन्धन भत्काउदा लखनपुर २ र गौरादहका केही गाउँ डुवेको छ । दक्षिण झापाको कुमरखोद ३ र ४ मा कन्काईको बाढी पसेपछि मिलन वस्ती डुबाएको छ । बाढीबाट विस्थापित आधा दर्जन स्थानीयलाई सुरक्षित स्थानमा राखिएको नेपाल रेडक्रस सोसाइटिको झापा शाखाले जनाएको छ । कन्काई नदीमा पानीको सतह वढेपछि सतासीधाम, सुरुङ्गा, शिवगञ्ज, सरणामति, पाँचगाछी, कुमरखोड, कोरोवाडी र महाभारा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
पूर्वका मेची, निन्दा, रतुवा र त्रियुगा नदीमा समेत पानीको बहाव बढेकाले सर्तकता अपनाउन जल तथा मौसम विभाग अन्र्तगतको बाढी पुर्वानुमान शाखाले सर्वसाधरणमा अपिल जारी गरेको छ । नदीको तटीय क्षेत्र र आसपासका स्थानीयलाई मोबाइल एसएमएस मार्फत सुरक्षित रहन पूर्वसूचना गराइएको जलबिद् बिनोद पराजुलीले जानकारी दिनुभयो । मनुसन सक्रिय भएका कारण केही दिनसम्म बर्षा जारी रहने भएकाले सम्भावित खतराबाट सावधान रहन आवश्यक शाखाले आग्रह गरेको छ ।
No comments:
Post a Comment