१ श्रावण , २०७३ / टर्कीमा सेनाको एक समुहले गरेको कु को प्रयास असफल भएको छ । सेनाप्रमुखलाई बन्धक बनाई एक समुहले आज बिहान सत्ता आफ्नो नियन्त्रणमा लिएको दावी गरेको थियो । सेनाको सो समुहले राष्ट्रिय टेलिभिजनमा वक्तव्य जारी गर्दै सत्ता आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो ।
राष्ट्रपति रिजेप तैयप एर्दोआनले अंकारामा आफ्ना समर्थकलाइ सम्बोधन गर्दै कु को प्रयास पुर्ण रुपमा असफल भएको घोषणा गर्नुभएको हो । बन्धक बनेका सेना प्रमुखलाई समेत उद्धार गरिएको छ । कु प्रयासका क्रममा राजधानी अंकारा, ईस्तानाबुल लगायत मुख्य शहरमा सरकार समर्थित प्रदर्शनकारी र बिद्रोही सैनिकबीच झडप भएका थिए । दुई पक्षको भिडन्तमा १७ प्रहरी अधिकारी सहित ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सरकार समर्थित सुरक्षाकर्मीले बिद्रोहमा संलग्न झण्डै ८ सय जनालाई नियन्त्रणमा लिएका छन ।
त्यस्तै बिद्रोही सेनाका केहीले आत्मासमर्पण गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति एर्दोआनले सबै संयन्त्रमा सरकारी नियन्त्रण कायम राखेको बताउनुभएको छ । उहाँले लोकतन्त्रको रक्षाका लागी सडकमा आउन समेत सर्वसाधरण नागरिकलाई आह्वान गर्नुभएको छ । कु को प्रयासका क्रममा विद्रोही सैनिकले मुख्य बिमानस्थल नियन्त्रणमा लिनुका साथै संसद भवनमा आक्रमण गरेका थिए । बम प्रहारबाट संसद भवनमा ठुलो क्षती पुगेको टर्किस अधिकारीहरुले बताईएका छन् ।
बिद्रोही सेनाले हेलीकोप्टरबाट समेत बमबारी गरेको अधिकारीहरुले जनाएका छन् । राजधानी अंकारा लगायतका मुख्य शहरमा अहिले पनि सामान्य झडप जारी छ । विद्रोही सैनिकले केहि स्थानमा कव्जा गरेर आक्रमण जारी राखेका हुन । अंकाराको विमानस्थलबाट हुने सवै उडान रद्द गरिएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन सहित अमेरिका, बेलायत रुस लगायतले पनि टर्कीको पछिल्लो घटनाक्रमप्रति चिन्ता जनाउदै शान्ती र स्थिरताका लागी अपिल गरेका छन् ।
No comments:
Post a Comment