Friday, July 22, 2016

इब्राहिमोभिक ९ नम्बर जर्सीमा देखिने



 ७ श्रावण,  २०७३  /   स्वीडेनका चर्चित स्ट्राइकर जाल्टन इब्राहिमोभिक म्यानचेष्टर युनाइटेडको ९ नम्बर जर्सीमा देखा पर्ने भएका छन्। जाल्टन यही जुलाईमा साताको दुई लाख स्टर्लिङ पाउन्ड पारिश्रमिक पाउने सर्तमा एक वर्षको लागि अनुबन्धित भएका थिए। 


३४ वर्षीय यी अनुभवी स्ट्राइकरलाई गत सिजन फ्रान्सका एन्थोनी मार्सेलले पहिरेको जर्सी प्रदान गरिएको हो। एन्थोनीलाई क्लबका स्टार खेलाडी रायन गिग्सले लगाउँदै आइरहेको ११ नम्बरको जर्सी प्रदान गरिएको छ। गत सिजन त्यो जर्सी अदनान जानुजाजले लगाउने गर्थे। यसपालि अदनानलाई १५ नम्बरको जर्सी प्रदान गरिएको छ। डच मेम्फिस डिपेमाथि ठूलो भरोस देखाएका प्रशिक्षक जोजे माउरिन्होले ७ नम्बरको चर्चित जर्सी उनैको साथ राख्ने निर्णय गरेका छन्।

यस्तै, क्लबमा नयाँ अनुबन्धित आइभोरी कोष्टका डिफेन्डर इरिक बेलीलाई ३ र आर्मेनियाका आक्रामक मिडफिल्डर हेनरिक्स मक्सिटार्यानलाई २२ नम्बरको जर्सी प्रदान गरिएको छ। बाहिरी क्लबबाट आउन सक्ने सम्भावित खेलाडीका कारण जर्सी नम्बर २ र ६ को विषयमा अहिले निर्णय गरिएको छैन। म्यानचेष्टरले युभेन्ट्सका पाउल पोग्बाको अनुबन्धलाई लिएर अझै आशा छोडेको छैन।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...