Thursday, July 7, 2016

सुनुवाई समितिमा यादवको नाममा सर्वसम्मती

२४ असार , २०७३ / संसदीय सुनुवाई बिशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधीप्रसाद यादवलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । 

Ayodhi-Prasad-Yadav
आज बिहान सिंहदरवारमा बसेको समिति बैठकले यादवमाथि सुनुवाई गर्दै नियुक्तीका लागि बाटो प्रसस्त गरेको हो । संवैधानिक परिषद्ले यादवलाई गत मंसिर २२ गते नियुक्ती सिफारिस गरेपनि सुनुवाई समिति गठन नहुँदा नियुक्ती प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
सुनुवाई लगत्तै बसेको समिति बैठकले उहाँको नाम अनुमोदन गर्दै सम्बन्धित निकायमा पत्रचार गरेको समिति सदस्य समेत रहेका कांग्रेस सांसद प्रकाशसरण महतले जानकारी दिनुभयो ।

बैठकमा कायमुकामयम प्रमुख निर्वाचन आयुक्त यादवले मुलुक संघीयतामा गईसकेकाले आयोगको क्षमता सोही अनुसार बिस्तार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कागजी मतपत्रको ब्यवस्थाले बिदेशमा रहेका नेपालीहरु मतदान गर्न छुट्ने गरेको तथा बदर मतको संख्या अत्यधिक हुने गरेको भन्दै उहाँले आफ्नो कार्यकालमा बिद्युतीय मतदानको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बैठकको सुरुमै धारणा राख्दै समिति सभापति कुलबहादुर गुरुङले आगामी दिनको कार्ययोजनाबारे जानकारी गराउन यादवलाई बोल्ने समय दिनुभएको थियो । यादवले बिगतमा आफ्नो कामको फेहरिस्ता प्रस्तुत गर्दै नेपालमा हुने हरेक प्रकारका निर्वाचनलाई स्वच्छ, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक कानूनको निर्माण, आयोगको क्षमता बृद्धि लगायत बिषयमा बढी ध्यान दिने उल्लेख गर्नुभएको थियो ।

आफु बिरुद्ध परेका २ वटा उजुरी भने निराधार भएको दावी गर्नुभएको छ । सोक्रममा समिति सदस्यहरुले यादवमाथि बिभिन्न जिज्ञासा राखेका थिए । समितिको पर्सि आइतवार बस्ने बैठकले प्रधानन्यायाधीशमा नियुक्ती सिफारिस भएकी सुशीला कार्कीमाथि सुनुवाई गर्ने समय निर्धारण गर्ने सदस्य महतले जानकारी दिनुभयो । कार्की बिरुद्ध बिभिन्न ६ वटा उजुरी परेको समितिले जनाएको छ ।

सर्वोच्च अदालतका लागि ११ जना न्यायधीश र २२ मुलुकका लागि राजदूतमा सिफारिस भएकाहरुको सुनुवाई भने क्रमशस् गर्दै जाने समितिको तयारी छ । समितिले गत २० गतेसम्म उजुरी दिन गरेको आग्रहमा नियुक्ती सिफारिस भएका बिभिन्न ३५ जनामाथि ३० वटा उजुरी परेका थिए ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...