७ श्रावण , २०७३ / स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसी र सरकारपक्षबीच दुई चरणको वार्ता सकिएपनि प्रगती भने केही हुन सकेको छैन । आज १२ बजेदेखि बसेको दोस्रो वार्तापनि चार घण्टा चलिसक्दासम्म उपलब्धी मुलक हुन सकेको छैन ।
स्रोतका अनुसार विज्ञहरुसँग थप सल्लाह गर्ने भन्दै सरकारी पक्षको आग्रहमा केही समयलाई वार्ता स्थगित गरिएको छ । साँझ फेरि वार्ता हुने सम्भावना कायमै छ । डा. केसीले उठाएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग संसदको कार्यक्षेत्र भित्र पर्ने भएकाले सरकारी पक्ष त्यस बुँदामा छलफल गर्न चाहेको छैन । त्यस बाहेकका बुँदामा छलफल भएपनि निष्कर्ष भने केही नआएको वार्तामा सहभागी केसी पक्षका एकजना चिकित्सकले बताए ।
No comments:
Post a Comment