२ श्रावण , २०७३ / सर्लाहीमा सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको विरोधमा चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ७० जना कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीले उपत्यकाबाट ४३, चितवनबाट ७ जना र रुपन्देहीको वुटवलबाट २० जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चक्काजाम गर्ने खोज्ने क्रममा केही कार्यकर्ताले शहरी विकास कार्यालयको बसमा तोडफोड समेत गरेका छन् ।
विप्लव माओवादीले आज काठमाडौं उपत्यकासहित देशभर बिहान नौ बजेदेखि दश बजेसम्म चक्काजाम आह्वान गरेको थियो ।
सरकारले सुरक्षाकर्मी परिचालन गरि सर्लाहीमा सुकुम्वासी बस्तीमा दमन गरेकाले देशव्यापी आन्दोलनका कार्यक्रम अन्र्तगत आज चक्काजाम गरिएको केन्द्रीय सदस्य सुदीप मल्लले बताउनुभयो । उहाँले आगामी १० गतेसम्म विभिन्न बिरोधका कार्यक्रम गरिने बताउनुभयो ।
माओवादी बिप्लव समुहले गत शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरि आगामी साउन १० गतेसम्म विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।
No comments:
Post a Comment