२५ असार , २०७३ / सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुँदैछ । राजधानीको रामशाहपथस्थित बार भवनमा मतगणना अहिले केहिवेरमा शुरु हुन लागेको हो ।
मतपरिणाम बेलुकीसम्म सार्वजनीक हुने प्रमुख निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो । पाँच पदाधिकारीसहित १५ सदस्यिय कार्यसमितिका लागि भएको निर्वाचनमा ५ सय ८० मध्ये ५ सय ४४ जनाले मतदान गरेका छन् ।
निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवं समावेशी कानुन व्यवसायी नामका समुहबीच प्रतिस्पर्धा हुदैछ । प्रगतिशील समूहबाट रामप्रसाद भण्डारी तथा लोकतान्त्रिक समुहबाट शैलेन्द्रकुमार दाहालले अध्यक्षमा उम्मेद्धवारी दिनुभएको छ ।
No comments:
Post a Comment