९ श्रावण ,२०७३ / प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव आजको बैठकमा निर्णयार्थ प्रस्तुत हुदैछ ।
व्यवस्थापिका–संसदको आजकै पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उनी विरुद्ध लगाइएका आक्षेपहरुको जवाफ दिने छन् । त्यसपछि अविश्वासका प्रस्तावमा मतदान हुनेछ ।
अविश्वासको प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ । वर्तमान गठबन्धन सरकारको ठूलो दल नेकपा ९माओवादी केन्द्र०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार संकटमा परेको हो ।
प्रधानमन्त्री ओलीको दम्भ र अहंकारका कारण आफूले समर्थन फिर्ता लिएर उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन् ।
व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका २८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसद्मात पेश गरिएको हो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
नेपालको संविधान जारी भएसँगै व्यवस्थापिका–संसद्माक प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुगेका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै संकटमा परेको हो । प्रधानमन्त्री ओलीलाई सहमतीय राजनीतिलाई बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप छ ।
No comments:
Post a Comment