असार १९, २०७३ / ईराकको राजधानी बग्दाद नजिकै कराडामा इस्लामिक अतिवादी संगठन आईएसले गराएको बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ । १ सय ५० भन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा अधिकांश बालबलिका रहेको बीबीसीले जनाएको छ । कराडास्थित एक व्यस्त शहरमा कार बम बिस्फोट गराईएको थियो । रमदानका लागि बजारमा किनमेल गर्नेको भीड भएको समयमा बिस्फोट भएकाले बढी मानवीय क्षती भएको अधिकारीहरुले बताएका छन् ।
त्यसलगत्तै दोश्रो बिस्फोट सिया मुस्लिमको बाहुल्य रहेको क्षेत्रमा भएको थियो । सो बिस्फोटमा ५ जना मारिएका छन् । इराकी सुरक्षाफौजले फलुजा शहरलाई पुनः आफ्नो नियन्त्रणमा लिएको एक साता नबित्दै सो आक्रमण भएको हो ।
No comments:
Post a Comment