२ श्रावण , २०७३ / पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्न नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक आज बस्दैछ । अपरान्ह ३ बजे लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बस्ने बैठकमा नयाँ सरकार गठनमा देखिएका अड्चनबारे छलफल हुने बताइएको छ ।
मुलुकको समसामियीक अवस्थाको समिक्षाका साथै केही सांगठनिक बिषयमा समेत छलफल गर्न बैठक बोलाइएको माओबादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । पछिल्लो पटक कंग्रेससँग गठबन्धन बनाएको माओबादी केन्द्रले प्रधानमन्त्री ओलीलाइ तत्काल राजिनामा दिन आग्रह गरिरहेको छ । प्रधानमन्त्री पनि परामर्शमा नयाँ सरकार गठनका लागि संवैधानिक व्यवस्था पालना गर्दै मार्गप्रशस्त गर्न कंग्रेस र माओवादी केन्द्रले आग्रह गरेपछि प्रधानमन्त्री केपी ओलीले आज कानुनविज्ञहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
नयाँ सरकार गठनका लागि संवैधानिक बाटो नभएको बताउनुभएका ओलीले कसरी अघि बढ्ने भन्ने विषयमा आज अपरान्ह कानुनविद्सँग परामर्श गर्न लागेको उहाँको सचिवालयले जनाएको छ । कंग्रेस र माओवादी केन्द्रले हिजो कानुनविदहरुसँग परामर्श गरी नया सरकार गठनका लागि संवैधानिक जटिलता नरहेको निष्कर्ष निकालेका थिए । उनीहरुले अनावश्यक भ्रम सिर्जना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
No comments:
Post a Comment