४ श्रावण , २०७३ / नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक केहीबेरअघि सुरु भएको छ । नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार बिरुद्ध व्यवस्थापिका संसदमा अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेसले समसामायिक बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा सुरु बैठकमा अहिले सभापति शेरबहादुर देउवाले समसामयीक बिषयमा आफ्नो धारणा राखिरहनु भएको छ । बैठकले पर्सि बिहीवारबाट सुरु हुने अविश्वास प्रस्तावमाथिको छलफलमा पार्टीगत धारणा तय गर्नेछ । प्रधानमन्त्री केपि ओली बिरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित गराउने बिषयमा बैठक केन्द्रित हुने केन्द्रीय सदस्य बिमलेन्द्र निधीले जानकारी दिनुभयो ।
सरकार परिवर्तनमा पार्टी भित्र देखिएको विवाद अन्त्यका लागि समेत बैठकमा छलफल हुनेछ । यस्तै बैठकमा भावी सरकारमा सहभागीता सम्बन्धमा पनि छलफल हुने छ । नेता निधीले प्रधानमन्त्रीको निर्वाचन तथा अब अवलम्वन गर्ने रणनिति लगायत अन्य समसामायिक राजनीतिक बिषयबारे समेत बैठकमा छलफल हुने उहाँले बताउनुभयो । अर्का केन्द्रीय सदस्य गगन थापाले भने बैठकमा १० दिनदेखि आमरण अनशनमा बसेका प्रा।डा। गोबिन्द केसीको माग सम्बोधनका लागि गंभिर बन्न आवाज उठाउने जानकारी दिनुभयो ।
No comments:
Post a Comment