९ श्रावण, २०७३ / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारदेखि नै कामचलाउ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनेताको परिचय दिएको प्रतिक्रिया दिएका छन् ।
संसद बैठकमा सम्बोधनसँगै राजीनामा दिएका ओलीलाई संसद भवनस्थित प्रधानमन्त्रीको च्याम्बरमा पुगेर आगामी दिनमा पनि सहकार्य हुने अपेक्षा गरेको बताए । ‘तपाईंले असल राजनेताको परिचय दिनुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका सञ्चार विज्ञ चेतन अधिकारीले भने, ‘आगामी दिनमा पनि सहकार्य हुने नै छ ।’
जवाफमा प्रधानमन्त्रीले ‘तपाईंलाई पनि आगामी कार्यकालको शुभकामना’ भनेका छन् । दुई नेताले त्यसपछि फोटो खिचाएका थिए । दाहालसँगै प्रधानमन्त्रीको च्याम्बरमा राजीनामा दिएका माओवादी मन्त्रीहरु पुगेका थिए । उनीहरुले पनि प्रधानमन्त्रीसँग तस्बिर खिचाए ।
यसैबीच राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले ओलीलाई ‘असल’ प्रधानमन्त्रीकोरुपमा चित्रण गरेका छन् । ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीकोरुपमा केपी ओलीको सम्झना सँधै रहनेछ, तपाईंसँग काम गर्न पाएकोमा खुसी छु । कुनै पछुतो छैन ।’
No comments:
Post a Comment