२७ असोज,काठमाडौं/ सभामुख सुवास नेम्वाङले आज राजीनामा दिने तयारी गरेका छन्। तीन बजे बस्ने व्यवस्थापिका संसदमा सभामुखको निर्वाचनका लागि कार्यतालिका पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।'सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेपछि पदमा बसिरहनु उचित हुँदैन भन्ने निष्कर्षमा सभामुखज्यू पुग्नु भएको छ,' सचिवालय स्रोतले भन्यो,'त्यसै कारण आज सभामुखज्यूको राजीनामा आउने संभावना बढेको छ।' संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ता गराउने र शुक्रबार निर्वाचन गर्ने तयारी रहेको छ। दलहरुबीच भएको सहमति अनुसार नयाँ सभामुख एमाओवादीले पाउने तय भएको छ।
तर एमाओवादीले कसलाई सभामुख बनाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। संविधानको धारा २९९ (२) मा संसद बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान छ। सभामुख चयनको प्रक्रिया सुरु भएपछि आफू सो पदमा बस्नु उचित नहुने भन्दै नेम्वाङले राजीनामा दिने तयारी गरेका हुन्।Tuesday, October 13, 2015
आज राजीनामा दिने तयारीमा सभामुख
२७ असोज,काठमाडौं/ सभामुख सुवास नेम्वाङले आज राजीनामा दिने तयारी गरेका छन्। तीन बजे बस्ने व्यवस्थापिका संसदमा सभामुखको निर्वाचनका लागि कार्यतालिका पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।'सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेपछि पदमा बसिरहनु उचित हुँदैन भन्ने निष्कर्षमा सभामुखज्यू पुग्नु भएको छ,' सचिवालय स्रोतले भन्यो,'त्यसै कारण आज सभामुखज्यूको राजीनामा आउने संभावना बढेको छ।' संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ता गराउने र शुक्रबार निर्वाचन गर्ने तयारी रहेको छ। दलहरुबीच भएको सहमति अनुसार नयाँ सभामुख एमाओवादीले पाउने तय भएको छ।
तर एमाओवादीले कसलाई सभामुख बनाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। संविधानको धारा २९९ (२) मा संसद बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान छ। सभामुख चयनको प्रक्रिया सुरु भएपछि आफू सो पदमा बस्नु उचित नहुने भन्दै नेम्वाङले राजीनामा दिने तयारी गरेका हुन्।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment