काठमाडौँ/ नेपाली काँग्रेस पदाधिकारी बैठकले नयाँ संविधानअनुसार हुने विभिन्न पदमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने सबैदलसँग परामर्श गरेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए। बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा प्रतिष्पर्धा गरिसकेकाले अब निर्वाचन हुन गइरहेका अन्य पदमा पनि प्रतिष्पर्धा गर्दा स्वभाविक हुने भन्दै सो निर्णय गरेको पौडेलले जानकारी दिए। प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेका दलसँग परामर्श गरेर सबै पदमा उम्मेदवारी दिने निर्णय भयो, पौडेलले भने, त्यसका लागि आजैदेखि वार्ता र सम्बाद सुरू गर्ने निर्णय भयो। सभामुख र उपसभामुखको निर्वाचन यही शुक्रबार गर्ने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री निर्वाचनपछि पहिलोपटक आज बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा समर्थन गर्ने दल र सांसद सबैलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य हुने विश्वास व्यक्त गरेको पौडेलले जानकारी दिए।Wednesday, October 14, 2015
काँग्रेसले राष्ट्रपतिलगायत सबै पदमा प्रतिष्पर्धा गर्ने
काठमाडौँ/ नेपाली काँग्रेस पदाधिकारी बैठकले नयाँ संविधानअनुसार हुने विभिन्न पदमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने सबैदलसँग परामर्श गरेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए। बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा प्रतिष्पर्धा गरिसकेकाले अब निर्वाचन हुन गइरहेका अन्य पदमा पनि प्रतिष्पर्धा गर्दा स्वभाविक हुने भन्दै सो निर्णय गरेको पौडेलले जानकारी दिए। प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेका दलसँग परामर्श गरेर सबै पदमा उम्मेदवारी दिने निर्णय भयो, पौडेलले भने, त्यसका लागि आजैदेखि वार्ता र सम्बाद सुरू गर्ने निर्णय भयो। सभामुख र उपसभामुखको निर्वाचन यही शुक्रबार गर्ने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री निर्वाचनपछि पहिलोपटक आज बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा समर्थन गर्ने दल र सांसद सबैलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य हुने विश्वास व्यक्त गरेको पौडेलले जानकारी दिए।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment