२९ असोज, काठमाडौं / राप्रपा नेपालले उपसभामुखमा उम्मेद्वारी दिने भएको छ । आज बिहान बसेको राप्रपा नेपालको हाइकमान्ड बैठकले सांसद गंगाप्रसाद
यादवलाई उपसभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको सहप्रवक्ता मोहन
श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
सत्तारुढ दलसँग बिहीबार भएको छलफल अनुसार
सभाुमखका लागि एमाओवादी उम्मेद्वार ओनसरी घर्तीलाई मतदान गर्ने र
उपसभामुखमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको श्रेष्ठले बताए ।
यादव राप्रपा नेपालको समानुपाति सांसद तथा पार्टीको केन्द्रीय सदस्य हुन् ।
No comments:
Post a Comment