काठमाडौं/ डेढ हप्तादेखि ठप्प रहेको विराटनगर भन्सार नाका पूर्ववत सञ्चालन गर्न दुई देशका भन्सार प्रमुखहरु, ट्रान्सपोर्टर र भन्सार एजेन्टहरु सैद्धान्तिक रुपमा सहमत भएका छन्।
विराटनगर भन्सारका प्रमुख कृष्ण बस्नेत तथा उनका भारतीय समकक्षी प्रनेस गुप्ता सहभागी बैठकले भारतीय क्षेत्रमा रोकिएका पेट्रोल ट्याङ्कर लगायत मालबाहक गाडी सकेसम्म छिटो नेपाल पठाउने निर्णय गरेको छ। बैठकले ४ बुँदे निर्णय गर्दै एक्कासि नाका खुल्दा हुने चाप व्यवस्थापन गर्न विराटनगर भन्सारमा हेल्प डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ।
भारतीय पक्ष आपूर्ति सहज पार्न सैद्धान्तिक रुपमा सहमत भए पनि आइतबार अपरान्हसम्म कुनै गाडी नेपाल भित्रिएका छैनन्। बैठकपछि पत्रकार सम्मेलन हुँदैछ त्यसपछि गाडी छोड्ने सम्भावना छु, नेपाली पक्षबाट बैठकमा सहभागी एक जना प्रतिनिधिले नागरिकन्युजसँग भने।
बैठकमा दुवै देशका ट्रान्सपोर्टर, भन्सार एजेन्ट सहभागी थिए। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङका प्रतिनिधि समेत बैठकमा थिए। यो बाहेक दुवै मुलुकका स्थानीय सुरक्षा प्रमुखहरु बैठकमा सहभागी थिए। भन्सार नाका पूर्वत सञ्चालन गर्ने निर्णय भए पनि मधेसी मोर्चाका कार्यकर्ताले जोगबनी नाकामा धर्ना जारी राखेका छन्। भन्सार नाकाको दुई नम्बर ढाटमा उनीहरु पाल टाँगेर बसिरहेका छन्।

No comments:
Post a Comment