काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले केपी ओलीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय गरेको छ ।आइतबार विहान बसेको पार्टी संसदीय दलको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको हो ।
सहमतीय आधारमा ओलीलाई प्रधानमन्त्री बनाउन एमालेले अन्य दलहरुसँग छलफलका लागि ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।
कार्यदलमा अध्यक्ष केपी ओली, बरिष्ठ नेता
झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्षद्वय विद्या भण्डारी र वामदेव गौतम
रहेको सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।
गत शुक्रबार राष्ट्रपति डा. रामवरण यादवले
७ दिनभित्र सहमतीको आधारमा नयाँ सरकार गठन गर्न दलहरुलाई समयसीमा दिएका
थिए । राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमति नभए बहुमतीय प्रक्रिया सुरु
गर्ने संवैधानिक व्यवस्था छ ।
No comments:
Post a Comment