२९ असोज, काठमाडौं / व्यवस्थापिका संसदको
सभामुख र उपसभामुख चयनका लागि आज मतदान हुँदैन । दलहरुको सहमतिका
आधार सभामुख र उपसभामुख चयन गर्न नसकेपछि बहुमतका आधार चयन गर्न निर्वाचन
हुन लागेको हो ।
संसद सचिवालयले निर्वाचनको कार्यतालिका
समेत तयार पारेको छ । उक्त तालिका अनुसार बिहान साढे ११ बजेदेखि दुई
बजेसम्म सभामुख र उपसभामुखको लागि उम्मेद्वारी दर्ता गर्नुपर्ने र तीन
बजेदेखि निर्वाचन गर्ने तयारी रहेको छ । उपसभामुख चयनका लागि भने पाँच बजेपछि निर्वाचन हुनेछ । संविधानको धारा २९९ मा सहमतिका आधारमा सभामुख र उपसभामुख चयन गर्न नसके बहुमतका आधारमा निर्वाचन गर्ने व्यवस्था गरिएको छ ।
No comments:
Post a Comment