२४ असोज, काठमाडौंं । एमाओवादी, राप्रपा
नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा
ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले
सबै राजनीतिक दललाई साथमा लिएर अघि बढ्ने बताए । नवनिर्वाचित प्रधानमन्त्री
केपी शर्मा ओलीले भोलि सोमबार सपथ लिने भएका छन् ।
ओलीले एमालेका १८३, एमाओवादीका ८३,
राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र
नेमकिपाको ४ मत पाएका छन् । राष्ट्रिय जनमोचा, नेकपा संयुक्तसहितका दलले
पनि ओलीलाई समर्थन गरेका छन् ।
ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस
सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । कांग्रेसको पक्षमा संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चा र केही साना दलले मात्र मत दिएका छन् ।
मतदानमा ५८७ सभासद सहभागी भएका थिए ।
प्रधानमन्त्रीमा ओली निर्वाचित भएको
घोषणापछि उनका प्रतिस्पर्धी कांग्रेस सभापति सुशील कोइराला ओली भएकै
स्थानमा आएर बधाई दिए । एमाले सभासदहरूले घेरिएका ओलीलार्इ बधाइ दिन जाने
क्रममा कोइरालालार्इ हम्मेहम्मे परेको थियो । बधाई दिएलगत्तै दुई नेताले
एकले अर्कोलाई अङ्कमाल गरे ।
एमाओवादी अध्यक्ष प्रचण्डले ओली भएकै
स्थानमा आएर अङ्कमाल गर्दै बधाई दिए। ओलीले अन्य नेतासँग हात मिलाएर बधाई
साटासाट गरे पनि सभापति कोइराला र अध्यक्ष दाहालसँग भने अङ्कमाल गरेरै बधाई
साटासाट गरे ।
आन्दोलनरत मधेस केन्द्रित दल –तराई मधेस
सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सद्भावना पार्टीका
सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायतका नेतासमेत ओलीलाई बधाई दिए ।
संसद् भवनभित्र ओलीको पक्षमा मतदान गर्न
जान लागेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई रोक्दै
कांग्रेस सभासद् रामहरि खतिवडाले कोइराला पक्षमा मतदान गर्न तान्दै गरेको
दृश्य हेर्न लायक थियो ।
त्यस्तै, ओलीको पक्षमा मतदान गर्न जान लागेका मधेसी जनाधिकार फोरम
लोकतान्त्रिकका नेता रामजनम चौधरीलाई तराई मधेस लोकतान्त्रिक पार्टीका नेता
सर्वेन्द्रनाथ शुक्लले तान्दै कोइरालाको पक्षमा लैजान खोजेका थिए ।
मतदान भएलगत्तै मत परिणाम नआउँदै ओलीलाई
बधाई दिनेको लर्को लाग्न सुरु गरिसकेको थियो । नवनिर्वाचित प्रधानमन्त्री
ओली बसेको कुर्सी नजिकै आएर तस्बिर खिचाउने सभासद्हरुको तँछाडमछाड थियो ।
उनीहरुले सेल्फीसमेत लिइरहेका थिए
। निर्वाचित भएर ओली संसद्बाट बाहिरिँदै गर्दा उनको दायाँबायाँ नेपाली
झन्डा लिएर दुईजना उभिएएका थिए । संसद् भवन बाहिर एमालेका नेता,
कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment