गृहमन्त्रालयले हिन्दुहरुको महान चाड घटस्थापनादेखि विजया दशमीको पूर्णिमासम्म सरकारी बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।
सरकारी कार्यलयलाई बिदा दिएर सरकारीस्तरमा खपत हुने इन्धन सार्वजनिक यातायातलाई दिन गृहले प्रस्ताव गरेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए। उनले मधेसमा अहिले पनि कर्मचारीले काम गर्न नसकेको र बाँकी ठाउँमा इन्धन अभावमा काम प्रभावित भएको भन्दै १४ दिने सरकारी बिदा दिने प्रस्ताव गरेको ढकालले बताए।
सरकारी कार्यालयलाई विदा दिएर पेट्रोलियम पदार्थ सार्वजिनक यातायातलाई दिने तयारी भइरहेको छ,उनले नागरिकन्युजसँग भने,दशैंमा घर जाने सर्वसाधारणलाई पठाउन सार्वजनिक यातायातलाई पेट्रोल दिन यो प्रस्ताव गरिएको हो।गृहको प्रस्तावमा बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ।
गृहले कार्यलय आउ जाउ गर्नसमेत इन्धनको अभावमा समस्या हुन थालेपछि घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको हो। यसैगरी केही दिनपछि सरकारी नम्बर प्लेटका गाडीलाई इन्धन नदिइ सार्वजनिक यातायातका साधनलाई इन्धन दिने तयारी भइरहेको प्रवक्ता ढकालले जनाए।
No comments:
Post a Comment