Monday, October 5, 2015

आपूर्ति सहज नपारे उद्योगीहरुले सरकारलाई चाबी बुझाउने



काठमाडौ, १९ असोज । उद्योगी ब्यवसायीहरुले अघोषित नाकाबन्दीका कारण मुलुकको उद्योग ब्यवसाय धरासायी भएको भन्दै दुई तीन दिनभित्र आपूर्ति सूचारु नभए आफूहरु सम्पूर्ण उद्योग बन्द गरेर चावी सरकारलाई बुझाउने चेतावनी दिएका छन ।
नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुले आज प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा. रामशरण महतलाई भेटेर ज्ञापनपत्र बुझाउँदै त्यस्तो चेतावनी दिएका हुन । ज्ञापनपत्र बुझाउँदै उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अघोषित नाकाबन्दीका कारण मुलुकका उद्योग ब्यवसायहरु धारासायी बनेको भन्दै तत्काल आपूर्ति सहज गराउन सरकारले पहल नगरे उद्योगहरु पूर्ण रुपमा बन्द हुने स्थितिमा पुगेको बताए ।
उनले मधेसमा आन्दोलनरत मधेसी दलहरुसँग तत्काल बार्ता गरेर उनीहरुको माग संबोधन गरेर बातावरण सहज पार्ने र भारतसँग पनि कुटनीतिक च्यानलबाट आपूर्ति सहज बनाउन ठोस पहलगर्नु पर्ने भन्द अन्यथा आफूहरु उद्योग बन्द गरेर सरकारलाई चावी बुझाउन बाध्य हुने चेतावनी दिए ।
प्रधानमन्त्री कोइरालाले आपूर्ति सहज बनाउन पहल जारी रहेको र आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधै कुरा गर्ने प्रयास गरिरहे पनि उहाँको ब्यस्तताले कुराकानी हुन नसकेको बताए । उनलेभने –केही समय मोदीजी अमेरिकामा हुनु हुन्थ्यो । अहिलेपनि सम्पर्ककोलागि पहल गरिरहेको छु तर विहारको निर्वाचनको कारण उहाँ ब्यस्त हुनु हुन्छ । अरु अधिकारीहरुसँग कुरा भईरहेको छ ।
प्रधानमन्त्रीले मधेसी दलहरुसँग बार्ता रहेको जानकारी दिदै केही दिनमा समस्या समाधान गर्नु पर्ने बताएका थिए ।
सँगै रहेका अर्थमन्त्री डा. रामशरण महतले विराटनगरबाट आपूर्ति भईरहे पनि रक्सौलनाका सञ्चालन नहुँदा संकट पूर्ण अवस्था आएको भन्दै बाटो खुलाउन र विकल्पको बारेमा कुराकानी भईरहेको बताएका थिए ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...