३ कार्तिक , २०७३ , काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीे तमलोपाले संविधान संशोधन प्रक्रियामा भइरहेको ढिलासुस्ती बारे आफ्नो धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
विगतमा भएको ३ बुँदे सहमति अनुसार संविधान संशोधन गर्न उदासिनता देखाएको भन्दै तमलोपाले सरकारको धारणा सार्वजनिक गर्न माग गरेको हो । पार्टीको जिल्ला अध्यक्ष, केन्द्रीय पदाधिकारी, सांसद एव केन्द्रीय सदस्यहरुको राजधानीमा आज बसेको संयुक्त बैठकले संविधान संशोधनको प्रक्रियामा ढिलासुस्ती देखाएकाले सरकारको नियतमाथि शंका उत्पन्न भएको ठहर गरेको छ ।
बैठक पछि पार्टी अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा संविधान संशोधन प्रक्रिया प्रारम्भ गर्न सरकारसँग माग गरिएको छ । यस्तै, तमलोपाले प्रस्तावित पूनर्संरचना विभेदकारी भएको ठहर गरेको छ । विज्ञप्तीमा पूनर्संरचनामा स्थानीय तहको संख्या तराई मधेसमा कुल संख्याको मात्र ३० प्रतिशत रहेकाले षड्यन्त्रपूर्ण भएको भनिएको छ ।
तराई मधेसको प्रस्तावित तहको न्यून संख्या एवं प्रकृति पनि विगतको विभेदकारी मानसिकता र नीतिको निरन्तरता भएको तमलोपाले जनाएको छ ।
No comments:
Post a Comment