५ कार्तिक , २०७३ । मधेसी मोर्चाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव आफ्नो सरोकारको बिषय नभएको बताएको छ । लामो समयदेखी मधेसको मुद्धा सम्वोधनका लागी आफुहरुले गरेको आन्दोलनलाई वेवास्ता गरेर दलहरुले राष्ट्रिय एजेण्डालाई बिषयान्तर गर्न खोजेको टिप्पणी गरेका छन् ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र सदभावनाका महासचिव मनिष सुमनले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने बिषयमा मोर्चाको कुनै सरोकार नभएको टिप्पणी गर्नुभयो । फोरम गणतान्त्रिक अध्यक्ष यादवले संविधान संशोधनको माग आफुहरुको प्राथमिकतामा रहेको भन्दै प्रमुख दलहरुले संविधान संशोधनको बिषयलाई पन्छाउन कार्कीको बिषय उठन गरेको दावी गर्नुभयो ।
सदभावना महासचिव सुमनले प्रमुख दलले पुर्वाग्रही भएर कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएको बताउनुभयो । उहाँले ११ सदस्यीय महाअभियोग सिफरिस समितिमा प्रमुख ४ दलले भागबण्डा गरेर निषेधको राजनीति गरेको आरोप लगाउनुभयो । उहाँले महाअभियोग प्रस्तावमा मतदान गर्ने अवस्था आए प्रक्रियामा सहभागी भएर मोर्चाले आफ्नो विवेक प्रयोग गर्ने उल्लेख गर्नुभयो ।
No comments:
Post a Comment