५ कार्तिक , २०७३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश भ्रमण स्थगित गर्नुभएको छ । बंगलादेशको सत्तारुढ अवामी लिग पार्टिको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज दिउँसो पौने २ बजे ढाका उड्ने कार्यक्रम थियो ।
अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारितका लागि दलीय सहमति जुटाउने निर्णय गरेपनि एमाले नेताहरु भने बिदेश भ्रमणमा निस्कन लागेको समाचारप्रति चौतर्फी बिरोध भएपछि अध्यक्ष ओलीले अन्तिम समयमा भ्रमण स्थगित गर्नुभएको हो । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार, सांसद राजन भट्टराईको नेतृत्वमा दुई सदस्यीय टोलीमात्र दिउँसो पौने २ बजे ढाका उड्नेछ ।
एमाले संसदीय दलको हिजो बसेको बैठकले महाअभियोग प्रस्ताव पारितका लागि अन्य दलसँग गम्भीर छलफल गर्ने निश्कर्ष निकाल्दै आइतवारबाट संसदमा हुने छलफलमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो । यस्तै पार्टीको कामका लागि भन्दै बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालको पूर्व निर्धारित कार्यतालिका भने यथावत छ ।
नेता खनाल भोली जापान र नेता नेपाल पर्सि भियतनाम जाने कार्यक्रम रहेको एमालेले जनाएको छ । महासचिव ईश्वर पोख्रेल पनि अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा हुनुहुन्छ । उहाँ १२ गते मात्र काठमाडौं फर्कनु हुनेछ ।
No comments:
Post a Comment