७ कार्तिक, २०७३ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव आजको संसद बैठकमा प्रस्तुत हुँदैछ । बिहान ११ बजेका लागी बोलाइएको संसद बैठकमा अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि छ ।
आजको बैठकमा सभामुख ओनसरी घर्तिले महाअभियोग प्रस्तावमाथी छलफलका लागी समय निर्धारण गरेपछि थप प्रक्रिया अघि बढाइने संसद सचिवालयले जनाएको छ । संसद बैठकमा महाअभियोग प्रस्तावमाथी प्राम्भिक छलफल गरी अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउनेछ ।
समितिले काम सुरु गरेको तीन दिनभित्र सदनमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । कार्कीविरुद्ध महाअभियोग प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचिमा बिहिवारका लागी बोलाइएको बैठक प्रधानमन्त्री पुष्प कमल दाहालको आग्रहमा समामुख घर्तिले आजसम्मका लागि स्थगित गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्ष एमाले र सरकारको नेतृत्वकर्ता दल माओवादीका १ सय ५७ सांसदले अघि बढाएको अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव पारित गराउन संसदको सवैभन्दा ठुलो दल कंग्रेसको समर्थन अनिवार्य छ । कंग्रेसले आफुहरुसँग कुनै परामर्श नगरी प्रस्ताव अघि बढाइएको भन्दै अहिलेसम्म महाअभियोगका बिषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
No comments:
Post a Comment