७ कार्तिक, २०७३ । एमाले उपाध्यक्ष बामदेव गौतमले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले दलका व्यक्ति नै सिध्याउने खेल सुरु गरेकाले महाअभियोग प्रस्ताव ल्याउनु परेको बताउनुभएको छ ।
रुपन्देहीमा आज पत्रकारसंग उपाध्यक्ष गौतमले आफूलाई स्वीकार नगरेका व्यक्तिमाथि खोजीखोजी प्रतिशोध लिने र बिना कारण दुस्ख दिने प्रवृत्ति बढेकाले लोकमानसिंहलाई कारबाही गर्न दलहरु बाध्य भएको जिकिर गर्नुभयो ।
माओवादी केन्द्रको अगुवाइमा कार्कीलाई महाअभियोगको प्रस्ताव आएपनि यसबाट एमाले पछि नहट्ने गौतमको भनाई थियो । अर्को एक प्रसंगमा उपाध्यक्ष गौतमले राजनीतिक धरातल नभएकै कारण सरकारले जन अपेक्षा अनुरुपका काम गर्न नसकेको आरोप लगाउनुभयो । संबिधान संशोधनको बिषय भारतको इशारामा भईरहेको दाबी गर्दै उहा ले सरकारले यसको औचित्य पुष्टि गर्न नसकेको समेत जिकिर गर्नुभयो ।
No comments:
Post a Comment