३ कार्तिक , २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।
संसद बैठकलाई आज सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको हो । उहाँले आफु नेतृत्वको सरकारले संविधान संशोधन गरेर देशलाई सहज दिशामा अघि बढाउन र स्थानीय तहको निर्वाचन गर्ने विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउन संविधान संशोधन र तीनै तहको निर्वाचनका लागि सबै दलहरुसँग छलफल र सहमतिका साथ अघि बढ्ने उहाँको भनाई छ । प्रधानमनत्री दाहालले स्थानीय तह पुनर्संरचना आयोग मार्फत स्थानीय तहको पुनर्संरचनालाई टुङ्ग्याउन सरकारले सहजीकरण गर्दै आएको जानकारी गराउनुभयो । उहाँले नेपालको परराष्ट्र नीति र कुटनीतिमा कुनै विचलन नआएको पनि बताउनुभयो ।
नेपालको परराष्ट्र नितीमा विचलन आउन नदिई सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले ब्रिक्स विमेस्टेक सम्मेलनमा सहभागिताले नेपालको शिर उच्च बनाएको र राष्ट्रिय हितको प्रवद्र्धन भएको दाबी गर्नुभयो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीइ समकक्षी नरेन्द्र मोदीसँग एक साथ भएको भेटले छिमेकी राष्ट्रमा चर्चा भएपनि आफुले भने आलोचना सहनु परेको उल्लेख गर्नुभयो ।
No comments:
Post a Comment