१ कार्तिक , २०७३ चितुवाको आक्रमणमा परी बर्दियामा तीन महिनामा २५ कृष्णसार मारिएका छन् । पटक पटक चितुवाको आक्रमणले केही कृष्णसार अन्यत्र पलायन भएका छन् ।
गत बर्ष तीन सयको संख्यामा रहेका कृष्णसारको संख्या हाल २ सय १५ मा झरेको छ । दुर्लभ मानिएको कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया - २ स्थित खैरापुर संरक्षण क्षेत्रमा संरक्षित रुपमा राखिएको थियो । संरक्षण क्षेत्रमै रहेका चार वटा चितुवाले पटक पटक आक्रमण गरेपछि कृष्णसार संकटमा परेको सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले बताउनु भयो ।
संरक्षण क्षेत्रसंग जोडिएको सामूदायिक बनमा रहेको चितुवाको आक्रमणले कृष्णसार उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । चरिचरण क्षेत्रमा रहेको दुई वटा बोडिङ्ग बाट पानी आपुर्ती गरिए पनि पर्याप्त नभएपछि संरक्षण क्षेत्रमा रहेका दुर्लभ कृष्णसार नजिकको बन क्षेत्रमा चरिचरणमा जाँदा चितुवाको आक्रमण बढेको हो । असोज महिनामा मात्र चितुवाको आक्रमणमा चार पोथी र पॉच भाले कृष्णसार मारिएको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।
संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत शर्माले चितुवा आक्रमण रोक्न सुरक्षाका लागि रात्री गस्ति शुरु गरिएपनि नियन्त्र हुन नसकेको बताउनुभयो । दिनप्रतिदिन चितुवाको आक्रमण बढ्न थालेपछि चितुवालाई बेहोस पारि बर्दिया राष्ट्रिय निकुन्ज पठाउन सम्बन्धीत निकायलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment