Tuesday, October 18, 2016

उडिसास्थित एक निजी अस्पातालमा आगलागी, कम्तीमा १९ को मृत्यु

२ कार्तिक , २०७३ /  भारतको उडिसास्थित एक निजी अस्पातालमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।  उडिसाको राजधानी भुबनेश्वरमा रहेको एक अस्पातालमा सयौँ बिरामी उपचारमा रहेको समय डायलाइसीस वार्डबाट आगलागी सुरु भएको थियो । 

आगलागीमा परी मृत्यु भएका सोहि अस्पातालमा उपचार गराईरहेका बिरामी रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागीपछि अन्य बिरामीहरुलाई भने उद्धार गरी नजिकका अस्पातालमा भर्ना गरिएको छ । आगलागीको कारण खुलेको छैन् । 

यद्यपी बिद्युत सर्ट भई आगलागी भएको आशंका गरिएको छ । घटनापछि उडिसाका मुख्य मन्त्री नवीन पटनायकले अस्पातालको निरीक्षण गरी अस्पातालका बिरामीलाई अन्य अस्पातालमा उपचारको ब्यबस्था मिलाई घटनाको जाँचका लागी स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ । 

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...