९ कार्तिक, २०७३ । ब्यवस्थापिका संसदमा आजबाट अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुँदैछ ।
अपरान्ह ३ बजेपछि बस्ने बैठकमा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कार्की बिरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो प्रस्तावमाथि एमाले प्रमुख सचेतक भानुभक्त ढकाल सहित समर्थकहरुले महाअभियोग प्रस्तावको आवश्यकताबारे आफ्नो धारणा राख्नेछन् ।
संसदमा हाल कायम ५ सय ९५ सदस्य मध्ये बोल्न चाहाने सवैले छलफलमा भाग लिन पाउने भएकाले महाअभियोग प्रस्तावमाथिको छलफल कति समय चलाउने भन्ने समय संसद सचिवालयले निर्धारण गरेको छैन । यद्यपी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको र महाअभियोग प्रस्तावबारे निर्णय लिईनसकेकाले छलफलको समय प्रभावित हुने देखिएको छ ।
संसद सचिवालयमा गत बुधवार साँझ एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपनि एक सातापछि आजबाट मात्र संसदमा छलफल सुरु हुन लागेको हो । गत आइतवार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले प्रस्तावमाथि आजबाट छलफल हुने समय निर्धारण गर्नुभएको हो ।
No comments:
Post a Comment