६ कार्तिक, २०७३ । पाकिस्तानमा सम्पन्न योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा नेपालले स्वर्ण जितेको छ ।
नेपाली ब्याडमिन्टनको इतिहासमा कुनै पनि खेलाडीले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो पटक हो । यसअघि दुई भिन्नभिन्नै अन्तराष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए ।
राजधानी इस्लामवादस्थित पाकिस्तानी स्पोर्टस कम्प्लेक्सको कोर्टमा दिदीभाइ नङशल तामाङ र रत्नजितको जोडीले पाकिस्तानी मोहम्मद इरफान सइद भाटी र मेहमोना अमिरको जोडी सोझो सेटमा हराउँदै पदक जितेका हुन्।
२३ मिनेट चलेको प्रतिस्पर्धामा उनीहरूले २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरे । प्रतियोगितामा नङशलले महिला सिंगल्समा पनि कास्य पदक जितिकी छन् ।
No comments:
Post a Comment