७ कार्तिक, २०७३ । नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका बारेमा पार्टीको केन्द्रिय समितिले नै निर्णय गर्ने बताउनुभएको छ ।
महाअभियोग प्रस्ताव पारितका लागि दबाब दिन बुढानिलकण्ठस्थित निवासमै पुगेका संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिसँग आज बिहान भएको भेटमा सभापति देउवाले महाअभियोगबारे पार्टी र संसदीय दलको निर्णय पर्खिन आग्रह गर्नुभयो ।
महाअभियोग प्रस्तावका बिषयमा व्यक्तिगत धारणा भन्दा पनि जनमतको आधारमा पार्टीले जारी केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने देउवाले बताउनुभयो । महाअभियोग प्रस्तावमा जनमतविरुद्ध नजाने उहाँको भनाई थियो यसैबीच संयुक्त विद्यार्थी संगठनले कार्कीको महाअभियोग प्रस्ताव पारित गराउन अन्य दलका शिर्ष नेताहरुलाई पनि भेटेर ध्यानाकर्षण गराउने अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो ।
कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारितका लागि वातावरण बनाउन दलहरुलाई दवाव दिने अभियान अन्र्तगत आजै बिद्यार्थी संगठनले राजधानीमा खवरदारी जुलुस निकाल्दैछ । दिउँसो २ बजे माइतीघर मण्डलामा जुलुस मार्फत महाअभियोग प्रस्ताव पारित गराउन सांसदहरुलाई खबरदारी गरिने बिद्यार्थी नेताहरुले बताएका छन् ।
No comments:
Post a Comment