२ कार्तिक , २०७३ सरकारले आजदेखी दुई दिनसम्म मुलुकभर राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्र्तगत आज र भोली मुलुकभरका ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।
५ बर्ष मुनिका बालबिालकालाई अनिवार्य रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य मन्त्रालयले सवैलाई आह्वान समेत गरेको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको बालस्वास्थ्य महाशाखाका प्रमुख डा. राजेन्द्र पन्तले आज र भोली स्वास्थ्य मन्त्रालयको अनुगमनमा देशभर ठुलो संख्यामा महिला स्वास्थ्य स्वयवसेविका र स्वास्थकर्मी खटाइएको बताउनुभयो ।
भिटामिन ए को कमीले भविष्यमा बालबालिकामा रतन्धो कुपोषण, दादुरा लगायतका रोग लाग्ने भएकाले अनिवार्य रुपमा यसको सेवन गर्नुपर्ने चिकित्सकहरुले बताउदै आएका छन् । आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य चौकी वा घरघरमा आउने महिला स्वास्थ्य स्वयमसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउन सकिनेछ । भिटामिन ए को कमिले लाग्ने रोगको रोकथामका लागी सरकारले सन १९९८ देखी बार्षिक रुपमा दुई पटक यो कार्यक्रम संचालन गर्दै आएको छ ।
No comments:
Post a Comment