उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनको
कोसेढुंगाको रूपमा रहेको स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन सरकार
प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी तथा सुरक्षा
व्यवस्थाबारे संसदको आजको बैठकलाई जानकारी गराउँदै गृहमन्त्री निधिले
स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न निर्वाचन
अगाडी र पछि पनि पूर्ण रूपमा सुरक्षा प्रदान गरिने बताउनुभयो ।
प्रमुख प्रतिपक्षी एमालेले सप्तरी लगायत तराईका बिभिन्न जिल्लामा शान्ति
सुरक्षा कमजोर रहेको भन्दै संसदको ध्यानाकर्षण गराएपछि सभामुख ओनसरी
घर्तीले निर्वाचनसम्बन्धमा सरकारको तयारी र सुरक्षा व्यवस्थाबारे संसदलाई
जानकारी दिन गृहमन्त्री निधिलाई रुलिङ गर्नुभएको थियो ।
मुलुक निर्वाचनतर्फ उन्मुख भईरहेको अवस्थामा प्रहरी प्रशासनलाई सक्रिय
बनाएको भन्दै मन्त्री निधिले सरकार आफ्नो दायित्वप्रति कटिवद्ध रहेको
उल्लेख गर्नुभयो । मन्त्री निधिले मुलुकका विभिन्न स्थानमा भएका आगलागीका
पीडितलाई राहतका लागि २ करोड १८ लाख रकम निकास गरिएको जानकारी पनि संसदलाई
गराउनुभएको छ ।
यसैबीच, संसद बैठक आगामी १० गतेसम्मका लागि स्थगित भएको छ । सरकारले
बिभिन्न विधेयक प्रस्तुत गर्नेक्रममा गणपुरक संख्या नपुगेपछि बैठक आगामी
आइतवार अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको हो ।
२०७४,
वैशाख ७
No comments:
Post a Comment