सभामुख ओनसरी घर्तीले स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी
रूपमा जनतासमक्ष पुर्याउन सञ्चारकर्मी तथा सञ्चार गृहलाई आग्रह गर्नुभएको छ
।
‘लोकतन्त्रको आधार : सूचनाको अधिकार’ भन्ने नाराका साथ ललितपुरमा आज सुरु
सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन
गर्दै सभामुख घर्तीले निर्वाचनमा सबै नागरिकलाई सहभागि गराउन
निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रुपमा प्रवाह गर्न आग्रह गर्नुभएको
हो ।
संवैधानिक व्यवस्थाका अतिरिक्त राज्यका काम कारबाही लोकतान्त्रिक
पद्धतिअनुरूप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार
बनाउने, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आमनागरिकको
पहुँचलाई सहज बनाउने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन व्यवस्थापिका–संसद्
मार्फत पारित गरी लागू गरेको सभामुख घर्तीको भनाई छ ।
सूचना आयोगले आयोजना गरेको सो सम्मेलनमा आयोगका प्रमुख आयुक्त कृष्णहरि
बाँस्कोटाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले सूचना सहजै रूपमा
सार्वजनिक गरे पनि तल्लो निकायले सूचना सार्वजनिक गर्न आनाकानी गर्दै आएको
आरोप लगाउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले सूचनाको हकसम्बन्धी ऐन
पत्रकारका लागि मात्र नभएर समग्र जनताका लागि भएको भन्दै त्यसको प्रयोग गरी
सूचना लिनुपर्नेमा जोड दिनुभयो । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै
आजै सकिनेछ ।
२०७४, वैशाख ७
No comments:
Post a Comment