Sunday, April 2, 2017

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सहितका नेता प्रहरी हिरासतमा

निर्वाचन आयोगमा धर्ना दिन गएका बेला पक्राउ परेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सहितका नेताले प्रहरी हिरासत मै धर्ना शुरु गरेका छन् । निर्वाचन आयोगको कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिने क्रममा पुर्व–प्रधानमन्त्री भट्टराई सहितका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर पुलिस क्लवमा राखेको छ ।
pp dharna
प्रहरीले छोडेपनि संयोजक भट्टराईले निस्कन अश्विकार गर्दै हिरासत मै धर्ना शुरु गरेको स्वकिय सचिव विश्वदिप पाण्डेले जानकारी दिनुभयो । भट्टराई सहित प्रहरीले सांसद गंगा चौधरी, क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, पुर्व-गृह राज्यमन्त्री रिजवान अन्सारी, हिसिला यमी, परशुराम तामाङ लगायतलाई नियन्त्रणमा लिएर महाराजगन्जस्थित २ नम्बर गणमा केहिवेर राखेर नेपाल पुलिस क्लबमा ल्याएको थियो ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पुलिस क्लबमा गएर भट्टराई लगायतका नेतासँग भेट गर्नुभएको छ । नयाँशक्ति लगायतका पार्टीले स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह माग गरेका छन् । निर्वाचन आयोगमा विधिवत दर्ता भएका पार्टीलाई चिन्ह नदिइएपछि ति दलले संघर्षका क्रममा आज धर्ना दिएका हुन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाई नभएको भन्दै ती दलले आज विहान ९ देखि ११ बजेसम्म निर्वाचन आयोगमा धर्ना दिने कार्यक्रम तय गरेको थिए । २० चैत्र, २०७३

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...