राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले
भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी आजदेखी
अनुदान बापतको पहिलो किस्ता वितरण सुरु गर्दैछ ।
लाभग्राही सूचीमा
समावेश भएकालाई प्राधिकरणले दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता वापतको
५० हजार रुपैयाँ वितरण गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका
प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट
अनुदान वितरण शुरु गर्न लाग्नु भएको हो । कास्कीका ३४ गाविस तथा
नगरपालिकामा २ हजार २ सय ३८ घरधुरी मध्ये लुम्लेमा १ सय ६२ घरधुरी
लाभग्राही सूचिमा समावेश छन् ।
भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ,
भोजपुर, धनकुटा, गुल्मी, कास्की गरी अहिले सम्म ५ सय ८६ गाविस तथा
नगरपालिकाबाट लाभग्राहीको सूचि प्राप्त भइसकेको छ । बाँकी १ सय ७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
२१ चैत्र , २०७३
No comments:
Post a Comment