Sunday, April 2, 2017

मधेशी मोर्चासँग सहमति नभएपनि अब निर्वाचन रोकिँदैन् : खनाल

काठमाडौं।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले मधेशी मोर्चासँग सहमति नभएपनि अब निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।
 
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सल्लाहकार खनालले पछिल्लो समय मधेशी मोर्चासँग सहमतिको प्रयास भैरहेको बताउँदै भने,‘मोर्चासँग सहमतिको प्रयास भैरहेको छ, विगतका दिनभन्दा अहिले सहमति नजिक पुगेका छौं, सहमति नै भैहाल्यो भन्ने कुरा होईन, तर कुरा मिल्ने स्थिति बनेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै खनालले प्रधानमन्त्री दाहालले समस्या समाधानको लागि आफ्नो ठाउँबाट सक्दो पहल गरिरहेको उल्लेख गरे । उनले भने,‘सरकारले सहमतिको प्रयास गरिरहेको छ, प्रधानमन्त्रीले त झनै यसको लागि गम्भिर पहलकदमी लिनुभएको छ, बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मोर्चालाईपनि सहमतिमा ल्याएर अघि बढाउने हाम्रो चाहना हो ।’

उनले मधेशी मोर्चाका नेताहरुले स्थानीय तहमा पनि जनसंख्याका आधारमा संख्या थप्नको लागि आग्रह गरेको उल्लेख गर्दै भने,‘अहिले जनसंख्याको आधारमा संख्या थप्नतिर लागियो भने, तोकिएकै मितिमा चुनाव हुन गाह«ो छ, त्यसैले चुनाव अब रोक्नुहुँदैन् ।’ यद्यपी उनले मोर्चासँग पनि सहमतिको प्रयास जारी राख्ने बताए ।

मोर्चासँग ५ बुँदे सहमतिको प्रयास भैरहेको भएपनि यसको लागि सत्तारुढ दल काँग्रेस र राप्रपा, र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगपनि पनि छलफल हुने उनको भनाई थियो । उनले आजभोलि मै यसबारेमा प्रमुख दलहरुवीच छलफल हुने जानकारी दिए । उनले सहमति भए फाष्ट ट्रयाकबाट संविधान संशोधन प्रस्ताव टुँगो लगाईने स्पष्ट पारे ।

२० चैत्र, २०७३

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...