राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान
संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको
कार्यालयमा आज बिहान बसेको संसदीय दलको बैठकले पछिल्लो पटक सरकारले
व्यवस्थापिका–संसद्मा ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान
गर्ने निर्णय गरेको हो ।
बैठकले वर्तमान अवस्थामा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि संशोधन
प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको नेता दिपक बोहराले जानकारी
दिनुभयो । पार्टी एकीकरण भएपछि राप्रपाको सासंद संख्या ३७ पुगेपनि आजको
बैठकमा २७ जना मात्रै उपस्थित थिए ।
वैशाख १७, २०७४
No comments:
Post a Comment