विश्वकै चर्चित आरोही स्वीज्रल्याण्डका उली स्टेकको सगरमाथा आरोहणका क्रममा
आज मृत्यु भएको छ । दोश्रो शिविर /क्याम्प टु नजिकै खोंचमा खसेर उनको
घटनास्थलमै मृत्यु भएको हो ।
आरोहण अभ्यासका लागि क्याम्प टु देखि क्याम्प
थ्री तर्फ जानुपर्नेमा उनी नुप्चे हिमालतिर अघि बढेका थिए ।
हिमालयन उद्दार संघका आधारशिविर प्रमूख लाक्पानुर्बु शेर्पाका अनुसार उनी
बाटो बिराएर नुप्चेतिर जाने क्रममा लडेको हुनसक्ने आशंका गरिएको छ । उनको
शव उद्दार गरि हेलिकप्टर मार्फत लुक्ला ल्याईसकिएको छ ।
लुक्लामा प्रहरी मुचुल्का उठाई आजै साँझसम्म राजधानी पठाइने प्रहरीले
जनाएको छ । ४१ वर्षिय उलीले पटक पटक विभिन्न हिमाल आरोहण गरेकै कारण ‘स्वीस
मेसिन’ उपनाम दिइएको थियो । उनले यसअघि पनि सगरमाथा आरोहण गरिसकेका थिए ।
वैशाख १७, २०७४
No comments:
Post a Comment