Thursday, April 20, 2017

संघीय गठबन्धनका प्रदर्शनकारी र प्रहरीबीच दमकमा झडप


दमक  झापाको दमकमा प्रहरी र संघीय गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । संघीय गठबन्धनले स्थानीय तहको निर्वाचनको विरोधमा निकालेको लाठी जुलुसमा प्रहरीले लाठी खोस्न खोज्दा झडप भएको हो ।
दमक चोकबाट दिउँसो लाठी जुलुस निकाल्न लाग्दा प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेको थियो । तर सो क्रममा प्रहरी सफल हुन सकेन् । जुलुस अघि बढ्नेक्रममा सामान्य झडप भए पनि प्रहरी घेरा तोडेर प्रदर्शनकारीले जुलुस सुरु गरेका थिए । 


 जुलुस दमक नगरपालिकाको गेटमा कालो झण्डा राखेर बजार परिक्रमा गर्दै चोकतर्फ फर्कने क्रममा प्रहरीले पुनः पुशहाट नजिकै राजमार्गमा रोक्न खोजेको थियो । सोहिक्रममा पुनः झडप भयो । सो झडपमा गठबन्धनको आन्दोलनलाई दमकमा नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको हातमा सामान्य चोट लागेको छ । 

झडपमा केही प्रहरी घाइते भएको जनाइएको छ । जुलुस पछि कोण सभालाई सम्बोधन गर्दै लिङ्देनले चुनव कुनैपनि हालतमा हुन नदिने भन्दै आन्दोलन थप सशक्त बनाउने बताएका छन् । उनले चार ठूला दललाई चुनाब गरेर देखाउन चुनौति समेत दिए ।  


२०७४,बैसाख ७

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...