चैते दशैं पर्व आज दुर्गा
भवानीको पूजा आराधाना गरी हिन्दु धर्मावलम्बीले मनाउँदैछन् । चैत र असोजमा
गरी वर्षमा दुईपटक गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रा उल्लेख छ
। अशोजमा मनाईने वडा दशैँ भन्दा कम महत्वको मानिएपनि चैते दशैंको दिन पनि
देवीको मन्दिरमा बलि दिने र पुजा आरधना गर्ने गरिन्छ ।
आज दिन काठमाडौंका दक्षिणकाली, शोभा
भगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायतका शक्तिपिठमा
दर्शनार्थीको घुईचो लागेको छ । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका
रुपमा मनाईने चैते दशैंमा विभिन्न शक्तिपिठहरुमा पशुवली दिने गरिन्छ ।
आजकै दिन मर्यादा पुरुषोत्तम श्रीरामले
१४ वर्ष वनवास सकाएर आयोध्या फर्किएको धार्मिक बिश्वास छ । रावणको दानवीय
व्यवहारबाट संसारलाई जोगाउन भगवान रामले रावणको बध गरेको विश्वास गरिन्छ ।
रावणमाथि विजय प्राप्त गरेको सम्झनामा समेत चैते दशैं मनाउने परम्परा छ ।
२२ चैत्र, २०७३
No comments:
Post a Comment