सरकारले आजदेखि लागु हुने गरि
काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।
अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा काठमाडौंलाई स्थापित गर्ने रणनीति
अनुरुप सरकारले आजदेखि हर्न बजाउन निषेध गरेको हो । नियमको कार्यान्वयनसंगै
अनावश्यक ध्वनि नियन्त्रण हुने आशा गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र गुड्ने सबै
सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने काठमाडौं
महानगरपालिकाले जनाएको छ । नियम विपरित हर्न बजाएमा सवारीलाई नियन्त्रणमा
लिएर ट्राफिक प्रहरी र यातायात वयवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना
गर्न सक्ने महानगरपालिकाले जनाएको छ । यद्यपी यो नियम एम्बुलेन्स,
सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक रुपमा चल्ने सवारीका हकमा लागु
हुनेछैन ।
२०७४, वैशाख १
No comments:
Post a Comment