२७ भदौ/ संविधानको विधेयकमाथि अाइतबार संविधान सभामा मतदान सुरू हुने पूर्व निर्रधारित कार्यक्रम रहेको अवस्थामा कांग्रेस नेता कृष्णप्रसाद सिटाैला तथा एमाअाेवादी बरिष्ठ नेता बाबुराम भट्टराइले प्रक्रिया राेक्न दवाब दिएका छन्।आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको लागि संविधानसभाको प्रक्रिया स्थगित गर्नुपर्ने मुख्य शर्त अगाडि सारेको छ। तर दलहरुबीच प्रक्रिया सुरु गर्ने वा लम्ब्याउने भन्ने विषयमा विवाद सुरु भएको छ। निर्धारित समय अनुसार आज साढे ११ बजे संविधानसभाको बैठक दुइ बजेमात्रसुरु भएकाे थियो। दलहरुबीचको विवादका कारण दुइ घन्टा ढिलो संविधान सभा बैठक सुरू भएको छ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा भएकाे नेम्वाङसहित प्रमुख तीन दलको अनौपचारिक छलफलमा नेपाली कांग्रेस र एमाओवादीका नेताले वार्ताको वातावरण बन्दै गएको भन्दै केही दिन थप प्रक्रिया रोक्नुपर्ने पक्षमा उभिएका थिए।
कांग्रेस महामन्त्री कृष्ण सिटौलासहितको केही नेताले अहिले वार्ताको वातावरण बन्दै भएको भन्दै जारी प्रक्रियालाई थप केही दिन रोक्नुपर्ने अडान राखेको स्रोतले बतायो। यसैगरी एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पनि असन्तुष्ट पक्ष मधेसी मोर्चा, थारुवान–थरुहट संघर्ष समितिलगायतसँग वार्ता गर्न पनि केही दिन प्रक्रिया रोक्नुपर्ने पक्षमा देखिएका छन्। तर कांग्रेसकै शेरवहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता जसरी पनि प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा देखिएको स्रोतले बतायो।
आइतबार बसेको नेपाली कांग्रेसको पदाधिकारीको बैठकले पनि जारी प्रक्रियालाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो। एमाले भने कुनै पनि हालतमा प्रक्रिया रोक्न नहुने पक्षमा उभिएको छ। आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संविधानसभाको प्रक्रिया नरोकिने भन्दै आफ्ना सभासदलाई संविधानसभा नछोड्न निर्देशन नै दिएका थिए। आइतबार प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको तीन दलको बैठकमा समेत प्रक्रिया स्थगितको प्रस्ताव आउन सक्ने भन्दै एमाले र एमाओवादी अनुपस्थित भएका थिए।
शुक्रबार भारतीय राजदुत रन्जित रेले प्रमुख तीन दलका शीर्ष नेतालाई भेटगरी जारी प्रक्रिया केही दिन रोकेर सहमतिको पहल गर्न सुझाव दिएका थिए भने शनिबार राष्ट्रपति रामबरण यादवले प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन सम्वाद गरी केही दिन प्रक्रिया रोकेर भएपनि सबैलाई साथमा लिएर संविधान जारी गर्न सुझाव दिएका थिए।

No comments:
Post a Comment