नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने तथा संविधानमा नै हिन्दु राष्ट्र नेपाल लेख्नु पर्ने माग राख्दै आएका राष्ट्रिय हिन्दु युवा मञ्चका कार्यकर्ता तथा हिन्दु राष्ट्रवादीहरु प्रधानमन्त्रीसंगको भेटवार्तामा प्रधानमन्त्रीले आफ्ना ९ ओटा माग मध्ये २ ओटा माग पुरा नगर्ने जनाएपछि अहिले अब के गर्ने भन्ने सोचमा छन् । १७ दिन सम्म आमरण अनशनमा बस्दा पनि आफुहरुको हिन्दु राष्ट्र हुनुपर्ने माग प्रति सरकार र संविधान सभामा रहेका सभासदहरु मध्ये राप्रपा नेपालका २५ सभासद मात्र आफुहरुको पक्षमा रहेको स्पष्ट देखिएको भन्दै उनीहरुले अब अन्य पार्टीका विरुद्ध रहेर अभियान चलाउने र हिन्दु राष्ट्र हुनुपर्छ भन्ने यस अभियानमा साथ र सहयोग नगर्ने पार्टीका नेताहरुका विरुद्ध सशक्त आन्दोलन गर्ने पनि बताएको छ । उनीहरुले विदेशी डलरमा विकेर मुलुकलाई धर्म निरपेक्ष बनाएका भन्दै डलरको खेती गर्नेका विरुद्ध एक जुट हुन पनि सबैमा अपिल गरेका छन् । त्यस्तै उनीहरुले आगामी निर्वाचनमा हिन्दु विरोधीलाई पराजित गर्न जस्तोसुकै बलिदानी दिनपनि पछि नपर्ने बताएका छन् । यतिका दिन सम्म हिन्दु राष्ट्रको लागी अनशन बस्दा तथा जनताले सुझाव दिदा पनि अधिकांशले हिन्दु राष्ट्र हुनुपर्छ भनेपनि त्यसको वेवास्ता गरेकाले उनीहरुलाई यसको जफाब निर्वाचनबाट मात्र दिन सकिने देखिएको भन्दै त्यसका लागी अब देश व्यापी अभियानमा होमिने पनि बताएका छन् ।
उनीहरुले कुनै पनि हालतमा ढिलै भएपनि नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने दाबी समेत गरेका छन् ।
No comments:
Post a Comment