३० भदौ,काठमाण्डौं/ विगत १७ दिन देखी हिन्दु राष्ट्र हुनु पर्ने मुख्य माग सहित विभिन्न ९ शुत्रिय माग राखेर आमरण अनशनमा बसेका राष्ट्रिय हिन्दु युवा मञ्चका चार युवाहरुले आज अनशन तोड्ने भएका छन् ।
प्रधानमन्त्री शुशील कोइरालाले हस्ताक्षर गरि आज पठाएको पत्रमा विभिन्न सात माग पुरा गर्ने र बाँकी २ मागका विषयमा पछि बार्ताबाट टुङ्ग्याउने भन्ने उल्लेख गरिएका कारण आज अनशन तोड्ने बताइएको छ । तर अनशन स्थलमा प्रधानमन्त्री साँढे चार बजे मात्र जाने समय तय भएकाले अनशन तोड्न ढिला भएको छ । यस विषयमा अनशनकारीले भने आँफुहरुको बाँकी २ माग ३ दिन भित्र सम्बोधन नगरे वृहत आन्दोलनको घोषणा गर्दै धर्म युद्ध गर्ने चेतावनी दिएका छन् ।
No comments:
Post a Comment