४ असोज/ सर्लाही उत्तेजित प्रदर्शनकारीले मलंगवा –१० जिविस चोक स्थित एमाले सांसद कमलादेवी महतोको घर सोमबार आगजनी गरेका छन्। संविधान जलाउने गाउँगाउँबाट भेला भएको भिडले एमाले सभासद कमलादेवी महतोको घरमा आगजनी गरेको हो।
आन्दोलनरत मधेसी मोर्चाले सोमबार दिउसो मलंगुवामा संविधान जलाउने कार्यक्रम राखेको थियो। त्यही समय प्रदर्शनकारीको समूह एमाले सभासदको घर जलाउनतर्फ लागेपछि सशस्त्र प्रहरीले आगो निभाउन दमकल ल्याउने प्रयास गर्यो। आगो निभाउन आइरहेको दमकललाई प्रदर्शनकारीले बीच बोटोमै रोक्न खोजेपछि प्रहरीसँग झडप भएको थियो।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। सशस्त्रले जवाफमा अश्रुग्यास प्रहार गरेको थियो। स्थिति नियन्त्रणमा आउन नसकेपछि फायरिङ सुरु गर्यो। सशस्त्रले चलाएको गोली लागी विक्रम राय घाइते भएका छन्। उनी फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायका पुत्र हुन्। घाँटीमा गोली लागी घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
थप उपचारका लागि उनलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताए। गोलीको छर्राका लागेर अन्य ४ जना घाइते भएका छन्। एक महिनादेखि जारी आन्दोलनमा मलंगवा शान्त रहे पनि सोमबार एकाएक अशान्त बनेको हो।

No comments:
Post a Comment